ad ad

समाज


काठमाडौँका २८ सहित उपत्यकामा थपिए ४२ संक्रमित

काठमाडौँका २८ सहित उपत्यकामा थपिए ४२ संक्रमित

नेपालखबर
असार २६, २०७७ शुक्रबार १०:५०,

काठमाडौँ उपत्यकामा पछिल्लाे २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँका २८ सहित उपत्यकामा ४२ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार पाटन अस्पतालमा काठमाडौँ १५, भक्तपुर १, ललितपुर १३ जनामा कोरोना पुष्टि भएको हो।

त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा काठमाडौँ १२, शुक्रराज ट्रपिकल अस्पताल टेकुमा काठमाडौँका १ जनामा कोरोना पुष्टि भएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोनाा संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संख्या १२० छ। हालसम्म डिस्चार्ज हुनेको संख्या आठ हजार ११ रहेको छ। जम्मा संक्रमितमध्ये ४८ दशमलव एक प्रतिशत निको भएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .