ad ad

समाज


ग्रेटा ट्युनबर्गले प्राप्त गरिन् गुल्बेनकिएन पुरस्कार

ग्रेटा ट्युनबर्गले प्राप्त गरिन् गुल्बेनकिएन पुरस्कार

नेपालखबर
साउन ६, २०७७ मंगलबार ११:५३,

पोर्चुगलको कालोस्टे जुल्बेनकिएन फाउन्डेसनले ट्युनबर्ग यस पुरस्कारको लागि सबैभन्दा उचित व्यक्ति भएको बताएको छ।

सन् २०१९ मा टाइम म्यागेजिनले वर्षव्यक्ति घोषित गरेको १७ वर्षकी ट्युनबर्गलाई मानव जातिका लागि राम्रो कार्य गरको भन्दै गुल्बेनकिएन पुरस्कार प्रदान गरिएको फाउन्डेसनले बताएको छ।

उनले १० लाख युरो पनि पाएकी छिन्। पुरस्कार पाएसँगै ट्युनबर्गले सबै पैसा वातावरण सम्बन्धी कार्यक्रममा खर्च गर्ने घोषणा गरेकी छिन्।

ट्युनबर्ग नोबेल शान्ति पुरस्कारको लागि दुईपटक छनौटमा पनि परेकी थिइन्।

सन् २००३ मा जन्मिएकी उनी २०१८ को अगस्टमा स्कुल जान छोडेर संसद् भवनअगाडि धर्नामा बसेपछि चर्चामा आएकी थिइन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .