ad ad

समाज


सुदूरपश्चिममा थपिए ४२ संक्रमित

सुदूरपश्चिममा थपिए ४२ संक्रमित

गोकुल जोशी
साउन १३, २०७७ मंगलबार ९:४७,

सुदूरपश्चिममा बुधबार थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १५ महिला र २७ पुरुष गरी ४२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार डोटीको सायल गाउँपालिकाका ६ महिला र १३ पुरुष गरी १९ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डोटीकै आदर्श गाउँपालिकाका वडा नम्वर ७ का तीन पुरुष र एक महिला, कैलालीको गोदावरी नगरपालिकाका सात महिला र ११ पुरुष गरी १८ जना, कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्वर ९ का दुई वर्षीया बालिकामा समेत संक्रमण पुष्टि हो।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार दुई सय ८९ पुगेको छ। तीमध्ये दुई हजार ८ सय १९ जना डिस्चार्ज भएका छन् भने ९ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .