प्राप्त समाचारमा पछिल्लो २४ घण्टामा यहाँ थप ४८ जनामा कोरोना भेटिएको बताइएको छ।
बुधबार बिहान सो जानकारी दिइएको हो। योसँगै यहाँका सङ्क्रमितहरुको संख्या १४ हजार २५१ जना पुगेको बताइएको छ।
यहाँ पछिल्लो हप्ता हरेक दिन ३० जना भन्दा कमै मात्र सङ्क्रमित थपिने गरेको भए पनि गएका केही दिन यता भने त्यसमा बृद्धि भएको र सङ्क्रमितहरु थपिएका बताइएको हो।
उनीहरुमध्ये अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ। गएको २४ घन्टामा थपिएका ४८ जना सङ्क्रमितमध्ये २९ जना त विदेशबाट आएका नारिक हुन्।
पछिल्लो दुई दिनमा दुई व्यक्तिको मृत्यु भएपछि सङ्क्रमणबाट ज्यान जानेको संख्या ३०० जना पुगेको बताइएको छ। यहाँका संक्रमितहरु बढीजसो चर्चमा गएका व्यक्तिहरुबाट भएका बताइएको छ।
यहाँ निकै थोरै संख्यामा मात्र सङ्क्रमितहरु रहेका थिए र यहाँको मृत्यु दर पनि २.११ प्रतिशत मात्र रहेको थियो। यहाँका १३ हजार भन्दा बढी नागरिक निको भएर घर फर्किएका छन्।
यहाँका अधिकारीहरुले दक्षिण कोरियामा निको हुने व्यक्तिको संख्या ९१ प्रतिशत भन्दा बढी भएको बताएका छन्।
दक्षिण कोरिया सरकारले कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न विदेशका अरु देशहरुको तुलनामा प्रभावकारी काम गरेको बताइएको छ।
तर प्राप्त समाचारमा दक्षिण कोरियामा पनि पछिल्लो समयमा सङ्क्रमितहरुको संख्या बढ्दै गएको देखिएको भए पनि उनीहरु विदेशबाट आएका बढी रहेको बताइएको छ। रासस/सिन्ह्वा
प्रतिक्रिया