ad ad

समाज


मोडर्नाले बनाएको कोरोना खोपले बाँदरमा राम्रोसँग काम गरिरहेको छः अध्ययन

मोडर्नाले बनाएको कोरोना खोपले बाँदरमा राम्रोसँग काम गरिरहेको छः अध्ययन

नेपालखबर
साउन १४, २०७७ बुधबार ८:२७,

खोप लगाइएका बाँदरका नाक र फोक्सोमा कोरोनाभाइरसका विषाणु थप वृद्धि नभएको न्यू इङल्यान्ड मेडिसिन जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख छ।

खोपका कारण नाकमा कोरोना भाइरस बढ्न रोकिनुको अर्थ नाकहुँदै शरीरका भित्री भागमा कोरोनाभाइरस संक्रमित हुनेक्रम रोकिने अध्ययनको निचोड छ।

अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको खोप बाँदरमा परीक्षण गर्दा यस्तो नतिजा प्राप्त भएको थिएन। तर खोपले पशुको फोक्सोमा कोरोनाभाइरस प्रवेश गर्नबाट भने रोक्न सफलता प्राप्त भएको थियो।

कोरोना भाइरस फोक्सोमा पुगे त्यसले मानव स्वास्थ्यमा गम्भीर क्षति पु¥याउन सक्छ।

Moderna launches coronavirus vaccine Phase 3 trial | Fox Business

मोडर्नाले पशुमा गरेको यस परीक्षणमा दुई समूहमा बाँदरहरुलाई विभक्त गरी दुई भिन्न किसिमका खोपको डोज दिइएको थियो। पहिलो समूहका बाँदरलाई १० माइक्रोग्राम र दोस्रो समूहका बाँदरलाई १०० माइक्रोग्रामका डोज दिइएको जर्नलमा उल्लेख छ।

खोप लगाइएका सबै बाँदरमा नयाँ कोरोना भाइरसलाई निस्तेज बनाउने एन्टीबडी तयार भएको थियो।

उल्लेखनीय कुरा के भने दुबै समूहका बाँदरमा मानवमा भन्दा बढी एन्टीबडी तयार भएको थियो। यही समूहका खोप लगाएका मानिसको पनि कोरोना संक्रमण निको भएको थियो।

वैज्ञानिकहरु हाल विकासक्रममा रहेका खोपकै कारण रोग अरु बढ्न सक्ने भन्दै चिन्तित पनि देखिएका छन्। तर हालसम्मका परीक्षणमा त्यस्तो परिस्थिति निर्माण भएको छैन।

मोडर्नाले तयार पारेको खोप र अक्सफोर्ड विश्वविद्यालय एवं अस्ट्रजेनिकाले संयुक्त रुपमा विकास गरेका खोपहरु अहिले मानव परीक्षणको अन्तिम चरणमा प्रवेश गरेका छन्। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .