ad ad

समाज


कोरोना संक्रमणका कारण धरानमा १ र वीरगञ्जमा थप २ जनाको मृत्यु, मृतकको संख्या ५३ पुग्यो

कोरोना संक्रमणका कारण धरानमा १ र वीरगञ्जमा थप २ जनाको मृत्यु, मृतकको संख्या ५३ पुग्यो

नेपालखबर
साउन १५, २०७७ बिहिबार ०:५३,

नेपालमा कोरोना संक्रमणका कारण थप तीन जनाले ज्यान गुमाएका छन्।

पछिल्लो समय उपचारको क्रममा धरानमा एक र वीरगञ्जमा थप दुई जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका हुन्। यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ। पर्सा जिल्लामा मात्रै सात जनाको कोरोना संक्रमणको कारण ज्यान गइसकेको छ।

बुधबार साँझ मोरङको सुनवर्सी नगरपालिका ८ का ४५ वर्षीय पुरुषको उपचारको क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ।

उनी केही दिन अघि मात्र भारतबाट आएको खुलेको छ। पारिवारिक स्रोतका अनुसार उनी केही समयअघि भारतस्थित ससुराली गएका थिए।

ससुरालीबाट फकिँदा बिरामी रहेका उनलाइ कोरोना सक्रमण पुष्टि भएपछि सुरुमा विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो। अवस्था गम्भीर भएपछि उनलाई कोशीले धरान रिफर गरेको थियो।

प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार बुधबार दिउँसो मात्र भर्ना गरिएका ती पुरुषको साँझ मृत्यु भएको हो।

त्यसैगरी पर्सामा बुधबार मात्रै कोरोना संक्रमणका कारण थप दुई जनाले ज्यान गुमाएका छन्। ६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पतालमा र ७१ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको हो।

नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायका अनुसार ७१ वर्षका पुरुष पखाला लागेर उपचारका लागि विभिन्न अस्पताल हुँदै नेशनल मेडिकल कलेजमा पुगेका थिए। उपचारकै क्रममा उनको मृत्यु भएको हो।

गण्डक कोभिड अस्पतालका डा.उदयनारायण सिंहका अुनसार ६८ बर्षीय पुरुषमा मुटु र निमोनियाकोसमेत समस्या थियो।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरसका २२ जना सङ्क्रमित सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा उपचार गराइरहेका छन्। नेपालमा हाल सक्रिय संक्रमितको संख्या पाँच हजार तीन सय ६० छ।

संक्रमितमध्ये सबैभन्दा बढी बाग्मती प्रदेशमा १४ जना, प्रदेश २ मा पाँच, प्रदेश ५ मा दुई तथा कर्णाली प्रदेशमा एकजनालाई आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .