ad ad

समाज


ऋण तिर्न नसकेपछि सिन्धुपाल्चोकका कुखुरा व्यवसायीले जब अपहरणको नाटक गरे...

ऋण तिर्न नसकेपछि सिन्धुपाल्चोकका कुखुरा व्यवसायीले जब अपहरणको नाटक गरे...

नेपालखबर
साउन १६, २०७७ शुक्रबार २:५०,

अज्ञात व्यक्तिले अपहरण गरेको भनेर झुक्याउने सिन्धुपाल्चोकका एक व्यक्तिलाई १८ घण्टापछि प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार यस्तो झुटो कुरा गर्ने बाह्रबिसे नगरपालिका–४ का जीवन खत्रीलाई नियन्त्रणमा लिइएको हो। ऋण तिर्न नसकेपछि उनले आफू अपहरणमा परेको सूचना प्रहरीलाई दिएका थिए।

यस्तो खबर आएपछि प्रहरी परिचालन गरिएको र जाँचबुझका क्रममा उनी अपहरणमा नपरेको पाइएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रज्वल महर्जनले जानकारी दिए।

अपहरणको नाटक गरी झुटा अफवाह फैलाइ समाजमा नकारात्मक प्रभाव पारेको अभियोगमा उनीविरुद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले बताए।

गत बुधबार साँझ ७ बजे सुनकोसी गाउँपालिका-५,यमुनाडाँडास्थित फूपूको घरमा बसिरहेको अवस्थामा खत्रीलाई प्रहरीले पक्राउ गरेको हो।

वर्ष दिन अघिदेखि गाउँमा कुखुरापालन गरेर बसेका उनले लिएको ऋण तत्काल तिर्नुपर्ने र उनले तिर्न नसकेपछि यस्तो नाटक गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .