सुदूरपश्चिममा शुक्रबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ महिला र १७ पुरुष गरी थप २६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्टले बताए।
उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ८ महिला र ८ पुरुष गरी १६ जना, टीकापुर नगरपालिकाका १८ महिने बालकसहित ६ पुरुष, एक महिला, बझाङको मष्टा–१ का एक पुरुष, छब्सिपाथिभरा–७ का एक पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का एक पुरुषमा संक्रमण देखिएको हो।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार चार सय ३७ पुगेको छ।
प्रतिक्रिया