ad ad

समाज


जनकपुरमा सोमबार रातिदेखि कर्फ्यु

जनकपुरमा सोमबार रातिदेखि कर्फ्यु

शैलेन्द्र महतो
साउन १८, २०७७ आइतबार ११:९,

कोरोना संक्रमण फैलिँदै गएपछि जनकपुरधाम उपमहानगरपालिका भित्र भोली (सोमबार) रातिदेखि कर्फ्यु लागू हुने भएको छ।

आइतबार बसेको जिल्ला सुरक्षा समिति धनुषाको बैठकले सोमबार राति १२ बजेदेखि एक हप्तासम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो। उपमहानगर क्षेत्रमा कोरोनाको जोखिम बढ्दै गएकाले प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिन यस्तो निर्णय लिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए।

जिल्लाभरी प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु सोमबार रातिदेखि एक हप्तासम्मका लागि बन्द हुनेछ। स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जनकपुरधाम उपमहानगरपालिका भरि निषेधाज्ञा जारी गरिएको हो।

प्रशासनले औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुपंक्षीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कशपलाई अत्यावश्यक सेवा उल्लेख गरेको छ।

यस आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .