प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ।
पछिल्लो २४ घण्टामा प्रदेश २ मा एकसय ३ जना संक्रमित थपिएका छन्। पर्सामा ३८ जना, धनुषामा ३० जना, महोत्तरीमा ३० जना, बारामा ३ जना, सिरहा र सर्लाही १/१ जनामा गरि प्रदेश भरि १०३ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।
याे सँगै पाँच हजार नाै जनामा संक्रमण पुष्टि भएकाे छ।
प्रतिक्रिया