ad ad

समाज


सप्तरीमा कोरोना आशंका गरिएका तीन जनाको मृत्यु

सप्तरीमा कोरोना आशंका गरिएका तीन जनाको मृत्यु

शैलेन्द्र महतो
साउन २१, २०७७ बुधबार ८:४२,

सप्तरीमा कोरोना भाइरस जस्तै लक्षण देखिएका तीनजना बिरामीको मृत्यु भएको छ।

राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचार गराइरहेका दुईजनाको मंगलबार मृत्यु भएको हो। दीर्घ रोगी रहेका सप्तरीको राजगढा गाउँपालिकाका ७१ वर्षीय र डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय वृद्धको उपचाको क्रममा मृत्यु भएको सप्तरीका स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले जानकारी दिए।

उनका अनुसार विभिन्न रोगका सिकायत रहेका दुवैजना दीर्घ रोगी थिए। श्वास फेर्न गाह्रो भएपछि दुवैलाई अस्पताल भर्ना गरिएको थियो।

‘दुवैजना दीर्घ रोगी थिए। कोरोनाको लक्षण देखिएपछि अस्पतालमा भर्ना गर्दा उपचारको क्रममा मृत्यु भएको छ’, उनले नेपालखबरसँग भने ‘दुवै मृतकको स्वाब संकलन गरिएको छ। पीसीआर रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन हुन्छ।’

यस्तै १५ दिन अघि मलेसियाबाट फर्केर होम क्वारेन्टिनमा बसिरहेका एक अर्का ४५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। रुपनी गाउँपालिका ५ घढियाका ती पुरुषलाई एक्कासी ज्वरो र श्वास फेर्न गाह्रो भएपछि मंगलबार राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि धरान स्थित विपी कोइराला विज्ञान प्रतिष्ठान धराना लग्दै गर्दा बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख यादवले बताए।

ती व्यक्तिमा पनि कोरोनाको लक्षणदेखिएकोले स्वाब संकलनको काम भइरहेको उनले जानकारी दिए। रिपोर्ट आएपछि मात्र उनको शव व्यवस्थापन गर्ने जनाइएको छ।

स्वास्थ्य प्रमुख यादवका अनुसार ती व्यक्तिलाई ज्वरो आएपछि २।३ दिन अघि उपचार गराएर घर फर्केका थिए। त्यसपछि फेरि उनी सिकिस्त भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .