ad ad

समाज


पछिल्लाे २४ घण्टामा नेपालमा ३८१ कोरोना संक्रमित थपिए, १३० निको भए

पछिल्लाे २४ घण्टामा नेपालमा ३८१ कोरोना संक्रमित थपिए, १३० निको भए

नेपालखबर
साउन २१, २०७७ बुधबार १०:४१,

नेपालमा पछिल्लाे २४ घण्टामा थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले मुलुकभर थप ३८१ जनामा कोरोना पुष्टि भएको बताए।

योसँगै नेपालमा पछिल्ले २४ घण्टामा थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ भने  सक्रिय संक्रमितको संख्या ६ हजार १७४ रहेको छ।

पछिल्लो २४ घण्टामा ६ हजार ३५९ को पीसीआर परीक्षण गरिएको छ।

आज १३० जना कोरोना मुक्त भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १५ हजार १५६ रहेका छन्।

प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोनामुक्त हुनेको प्रतिशत ७०.८ रहेको छ।

कोरोनाका कारण आज पर्सामा दुई जनको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .