ad ad

समाज


कोरोना संक्रमणबाट काठमाडौंमा एक महिलाको मृत्यु

कोरोना संक्रमणबाट काठमाडौंमा एक महिलाको मृत्यु

नेपालखबर
साउन २१, २०७७ बुधबार १२:४१,

कोरोना संक्रमणबाट काठमाडौंमा एक महिलाको ज्यान गएको छ।

बुधबार बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाहीको मलंगवाकी ६५ वर्षीया महिलाको ज्यान गएको हो। उनको उपचारका क्रममा बुधबार दिउँसो ज्यान गएको एपीएफ अस्पतालले जनाएको छ।

निमोनियाको बिरामी भएपछि उनी १६ गते काठमाडौंको मनमोहन अस्पताल स्वयम्भूमा भर्ना भएकी थिइन्।

१९ गते कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनलाई एपीएफ अस्पतालमा सारिएको थियो। मनमोहनमा हुँदै उनलाई आईसीयूमा राखिएको थियो।

बलम्बु अस्पतालमा समेत आईसीयूमा राखेर उपचार भइरहेका बेला उनको ज्यान गएको अस्पतालले जनाएको छ।

योसँगै नेपालमा कोरोनाका कारण मर्नेको संख्या ६१ पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .