ad ad

समाज


प्रदेश २ मा ठूलो संख्यामा थपिए कोरोना संक्रमित, पर्सामा मात्रै १४७ जना

प्रदेश २ मा ठूलो संख्यामा थपिए कोरोना संक्रमित, पर्सामा मात्रै १४७ जना

शैलेन्द्र महतो
साउन २१, २०७७ बुधबार १२:३५,

प्रदेश २ मा ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ४१ जना महिलासहति २२७ जना कोरोना संक्रमण पुष्टि भएको हो।

जसमा सबभन्दा बढी पर्सामा २९ जना महिलासहित १४७ जना कोरोना संक्रमण भेटिएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यस्तै धनुषामा २ महिलासहित २३ जना, सर्लाहीमा ४ महिलासहित १९ जना, बारामा ५ महिलासहित १९ जना, महोत्तरीमा १४ जना पुरुष, सिरहामा ४ र सप्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका बरिष्ट अधिकृत विजय झाले जानकारी दिए।

यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संखया ५ हजार २७२ पुगेको छ। बुधबारसम्म प्रदेश २ मा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .