ad ad

समाज


सवारीसाधन सञ्चालनमा जोर–बिजोर प्रणाली लागू, आज कुनको पालो?

सवारीसाधन सञ्चालनमा जोर–बिजोर प्रणाली लागू, आज कुनको पालो?

नेपालखबर
साउन २२, २०७७ बिहिबार २:४८,

लकडाउन हटाएसँगै दिनप्रतिदिन कोरोना संक्रमण दर बढेपछि नियन्त्रणका लागि भन्दै सरकारले आज (बिहीबार) देखि काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरमा चल्ने सार्वजनिक तथा निजी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गरेको छ।

सरकारको निर्णयअनुसार आजदेखि जोर गतेका दिन जोर नम्बर र बिजोर गतेका दिन बिजोर नम्बरका गाडी मात्र चल्न दिने नियम लागू गरिएको हो। यसबमोजिम आज साउन २२ गते जोर नम्बरका गाडी मात्र चल्न दिइएको ट्राफिक प्रहरीले जनाएको छ।

भाेलि २३ गते बिजाेर नम्बरका गाडी मात्र चलाउन पाइनेछ। अब हरेक दिन यसैगरी पालाेपालाे गरेर जाेर-बिजाेर नम्बरवाला सवारीसाधन सञ्चालन गर्न दिइनेछ।  

सरकारले यो नियम २ सयभन्दा बढी संख्यामा कोरोना संक्रमित भएका काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरमा लागू गराएको हो। यसकाे अर्थ जुन क्षेत्रमा संक्रमितकाे संख्या २ सयभन्दा कम छ त्यहाँ जाेर बिजाेर नियम लागू गरिने छैन। 

याे पनिकाठमाडौंसहितका सहरमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .