ad ad

समाज


महोत्तरीको भंगहा नगरपालिका एक साताका लागि लकडाउन

महोत्तरीको भंगहा नगरपालिका एक साताका लागि लकडाउन

शैलेन्द्र महतो
साउन २२, २०७७ बिहिबार ३:२१,

कोरोनाको जोखिम बढेपछि महोत्तरीमो भंगहा नगरपालिले आज (बिहीबार) देखि एक सातासम्मका लागि लडकउन घोषणा गरेको छ।

आज दिउँसो १२ बजेदेखि लागू हुने गरी भंगहा नगरपालिका क्षेत्रभित्र लकडाउन गर्ने निर्णय गरिएको मेयर सञ्जीव साहले नेपालखबरलाई जानकारी दिए।

बुधबार भंगहा नगरपालिकामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। समुदायस्तरमै कोरोना फैलिन सक्ने जोखिम देखिएपछि नगरपालिकाले आजदेखि नगरपालिका कार्यालय, वडा कार्यालयलगाय अति आवश्यक सेवाबाहेक सबै गतिविधि अगामी २८ गते राति १२ बजेसम्मका लागि बन्द गराउने निर्णय गरेको हो।

यस अवधिभित्र नगरभित्रका हाटबजार, सभा÷सम्मेलन, धार्मिक कार्यक्रम तथा भीडभाड र जमघट हुने कुनै काम गर्न नपाइने मेयर साहले बताए। नगरपालिकाले अति आवश्यक नपरी घरबाट ननिस्किन नगरबासीलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .