ad ad

समाज


अवैध रुपले गिट्टीबालुवा खनेको खाल्डोमा डुबेर युवकको ज्यान गयो

अवैध रुपले गिट्टीबालुवा खनेको खाल्डोमा डुबेर युवकको ज्यान गयो

शैलेन्द्र महतो
साउन २२, २०७७ बिहिबार ९:१०,

धनुषामा अ‍ैध ढंगले गिट्टीबालुवा उत्खनन गरेको खाल्डोमा डुबेर एक युवकको ज्यान गएको छ।

मिथिला नगरपालिका १ स्थित बसही खोलामा मापदण्ड विपरित ‘क्रसर डन’ ले खनेको गहिरो खाल्डोमा जमेको पानीमा डुबेर वडा नं. २ नक्टाझिजका २२ वर्षीय अनिल कुमार महतोको मृत्यु भएको हो।

स्थानीय जनप्रतिनिधि, प्रहरी, प्रशासन लगायतको मिलिमतोमा गिट्टी, बालुवा खन्ने क्रममा खोला छेउमै खनेको गहिरो खाल्डोमा नुहाउन पुगेका अनिलको मृत्यु भएको स्थानीयले बताएका छन्।

पानीमा डुबेका अनिललाई करिब एक घण्टापछि स्थानीयहरुले पानीबाट गम्भीर अवस्थामा उद्धार गरी उपचारको लागि रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

मृत्तक युवक आफ्नो आमाबुवासँगै पोखरामा बसेर अध्ययन गर्दै आएका थिए। तर कोरोना संक्रमणका कारण कलेज बन्द भएपछि घरै बसेका थिए।

उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि धनुषाकै मिथिला नगरपालिकास्थित औरही खोलामा गरिएकाे अवैद्य उत्खननको विरोध गर्दा मिथिला नगरपालिकाकै दिलीप महतोको हत्या भएको थियो। 

याे पनि: दिलीप महतोको हत्या भएकै खोलामा फेरि अवैध उत्खनन्, गाउँलेले लिए ६ वटा गाडी नियन्त्रणमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .