ad ad

समाज


कोरोना संक्रमणका कारण सिरहामा एक युवकको मृत्यु

कोरोना संक्रमणका कारण सिरहामा एक युवकको मृत्यु

शैलेन्द्र महतो
साउन २३, २०७७ शुक्रबार ३:४७,

सिरहामा कोरोना संक्रमणबाट एक युवकको मृत्यु भएको छ। गोलबजार नगरपालिका १२ का २३ वर्षीय युवकको बिहीबार राति मृत्यु भएको हो।

तीन वर्षदेखि मिर्गाैला राेगबाट पीडित ती युवकमा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो।

उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानमा उनकाे मृत्यु भएको सिरहा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विष्णुदेव यादवले नेपालखबरलाई जानकारी दिए।

उनका अनुसार सिरहा जिल्लाका लागि कोरोनाबाट यो पहिलो मृत्यु हाे।

धरानमा रहेकाे युवकको शव नेपाली सेनाले सिरहा ल्याएर अन्त्येष्टि गर्ने तयारी गरिरहेकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .