ad ad

समाज


फरक समूहको रगत चढाउँदा सुत्केरीको मृत्यु, दुई चिकित्सक पक्राउ

फरक समूहको रगत चढाउँदा सुत्केरीको मृत्यु, दुई चिकित्सक पक्राउ

शैलेन्द्र महतो
साउन २३, २०७७ शुक्रबार ८:४६,

 फरक समूहको रगत चढाउँदा जनकपुरस्थित रामजानकी हस्पिलटलमा सुत्केरीको मृत्यु भएपछि दुई चिकित्सक पक्राउ परका छन्।

सुत्केरीको मृत्युपछि अस्पतालका दुई चिकित्सकलाई पक्राउ गरी जिल्ला पहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

‘रेडक्रसबाट ल्याएको रगत कुन ग्रुपको हो, बिरामीलाई के ग्रुपको छ भन्ने चेक चिकित्सकले गर्नुपर्छ की पर्दैन?’ प्रमुख जिल्ला अधिकारी भट्टराईले नेपालखबरसँग भने, ‘दुबै चिकित्सकलाई पक्राउ गरी अनुसन्धान गरिरहेका छौं। दोषीलाई कारबाही हुन्छ।’

सुत्केरी ब्यथा लागेपछि बिहीबार अपरान्ह ४ बजे रामजानकी अस्पतालमा भर्ना भएकी महोत्तरीको गाैशाला नगरपालिका ११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको ‘ओ’ पजिटिभ चढाउनु पर्नेमा ‘बी’ पोजिटिभ रगत समूह चढाउँदा मृत्यु भएको थियो। शल्यक्रियामार्फत छोरी जन्माएकी गंगादेवीलाई शरीरमा रगतको अभाव भएपछि अस्पतालले रेडक्रसबाट आफन्तलाई रगत ल्याउन लगाएको थियो।

गंगाकी पति राजकिशोर महतोले ल्याएको ब्लड चेक नगरी चढाउँदा ‘ओ’ पोजिटिभको साटो ‘बी’ पोजेटिभ रगत सुत्केरीको शरीरमा चढाउँदा राति नै मृत्यु भएको थियो।

अस्पताल र रेडक्रसको चरम लापरवाहीले सुत्केरीको मृत्यु भएको समाचार प्रकाशित गरेपछि प्रहरीले घटना छानविन गर्न दुई चित्किसकलाई पक्राउ गरको हो।

अस्पतालले आफ्नो लापरबाही नभइ रेडक्रसको लापरवाहीले सुत्केरीको मृत्यु भएको दावी गर्दै पन्छिइरहेको छ भने रेडक्रसले रगत चढाउने चिकित्सकले क्रस चेक गरी नगरी चढाएकाले अस्पतालकै लापरबाही भएको दावी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .