जिल्ला प्रहरी कार्यालय पर्साका ४४ जना थुनुवासहति प्रदेश २ मा पछिल्लो २४ घण्टामा १७९ कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा ३१ महिलासहित १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ स्वास्थ्य निर्देशनालका बरिष्ट अधिकृत विजय झाले जानकारी दिए।
पर्सामामा सबभन्दा बढी १९ महिलासहित १३३ जना छन्। जस मध्ये जिल्ला प्रहरी कार्यालय पर्साका मात्र ४४ जना थुनुवा र १ नेपाल प्रहरीका जवान गरी ४५ जना रहेको निर्देशनालयले जनाएको छ।
सप्तरीका १८ जना, धनुषाका १० जना, सर्लाहीका ९ जना, रौतहटका ४ जना र बाराका १ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ हजार ५१४ पुगेको छ।
पछिल्लो २४ घण्टामा उपचार पश्चात ९ महिलासहित ४० जना संक्रमित उपचार पश्चात तिको भएर घर फर्केका छन्। हालसम्म प्रदेश २ मा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भइसकेको छ।
Shares
प्रतिक्रिया