ad ad

समाज


नेपालका यी सात जिल्ला, जहाँ छैनन् कोरोनाका सक्रिय संक्रमित

नेपालका यी सात जिल्ला, जहाँ छैनन् कोरोनाका सक्रिय संक्रमित

नेपालखबर
साउन २४, २०७७ शनिबार १३:०,

गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ६२ जनासहित देशका विभिन्न जिल्लामा ३७८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा शनिबार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको जानकारी दिए। हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ७३ जना पुगेको छ।

‘सक्रिय सङ्क्रमित ६ हजार २०६ मध्ये प्रदेश नं १ मा ४७८, प्रदेश नं २ मा दुई हजार ९२९, वाग्मती प्रदेशमा एक हजार २९, गण्डकी प्रदेशमा २४२, प्रदेश नं ५ मा ३९०, कर्णाली प्रदेशमा १६३ र सुदूरपश्चिम प्रदेशमा ९७५ सक्रिय सङ्क्रमित रहेका छन्’, प्रवक्ता गौतमले भने।

हालसम्म विश्वभर एक करोड ९५ लाख ४९ हजार ९०१ कोरोनाबाट संक्रमित छन् । सात लाख २४ हजार १८६ व्यक्तिको मृत्यु भइसकेको छ र एक करोड २५ लाख ७० हजार ६३१ व्यक्ति यस रोगबाट निको भएका छन्।

पछिल्लो २४ घण्टामा सात हजार ७८८ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता डा गौतमले जानकारी दिए। हालसम्म जम्मा चार लाख ३५ हजार २८९ परीक्षण भएको छ। क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या १० हजार ७९२ छ।

गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या ४९९ जना छन् भने हालसम्म डिस्चार्ज हुने १६ हजार ३१३ छन्। संक्रमितको शून्य संख्या भएका जिल्ला खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी सात जिल्ला छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .