ad ad

समाज


सर्लाहीमा सोमबारदेखि लकडाउन घोषणा

सर्लाहीमा सोमबारदेखि लकडाउन घोषणा

शैलेन्द्र महतो
साउन २५, २०७७ आइतबार १०:१२,

संक्रमित बढ्दै गएपछि सर्लाही जिल्लामा भोलिदेखि लकडाउन हुने भएको छ। जिल्ला प्रशासन कार्यायलले आइतबार सर्वपक्षीय छलफल गरी सोमबारदेखि लकडाउन गर्ने निर्णय गरेको हो।

समुदाय स्तरमा कोरोना फैलिसकेको कुरालाई मध्यनजर गर्दै सर्वपक्षीय बैठकले स्थानीय प्रशासन ऐन,२०२८ तथा संक्रामक रोग ऐन, २०२० बमोजिम एक हप्ताको लागि लकडाउन गर्ने निर्णय गरेको हो।

लकडाउनको पालना गराउन सबै स्थानीय तह, राजनैतिक दल, नागरिक समाज लगायत सबै पक्षलाई जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले जिल्लाका भारतसँगका सबै सिमानाकामा कडाई गर्ने, भीडभाड हुन नदिने, क्वारेन्टिनमा बसेका कोरोना संदिग्धलाई पीसीआर चेक गराई मात्र घर जानदिने लगायतका निर्णय गरेको छ।

यस्तै कुनै संक्रमितको मृत्यु भएमा सोको शव व्यवस्थापन गर्ने स्थान, सवारीसाधान लगायत उपकरणको व्यवस्थापन सुरक्षा निकायसँग समन्वयमा मात्र गर्न पालिकाहरुलाई अनुरोध गरेको छ।

सर्लाहीमा शनिबारसम्म कोरोना संक्रमितको संख्या ८ सय १० पुगेको छ भने एक जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .