ad ad

समाज


जनकपुरमा फेरि एक साताको लागि थपियो निषेधाज्ञा

जनकपुरमा फेरि एक साताको लागि थपियो निषेधाज्ञा

शैलेन्द्र महतो
साउन २५, २०७७ आइतबार १०:४९,

कोरोना जोखिम कायमै रहेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले लगाएको निषेधाज्ञा पुनः एकसातको लागि थपेको छ।

जिल्ला सुरक्षा समितिको बैकठले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ। बैठकले बैंक तथा वितीय संस्थाहरु सिफ्टमा खोल्ने, जनकपुरको यात्रु निवासलाई क्वारेन्टिन बनाउने, आइशोलेशन थप्ने जस्ता निर्णयहरु समेत गरेको छ।

कोरोना जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले गएको साउन १९ गते राति १२ बजेदेखि साउन २५ गते राति १२ बजे (आज राति) सम्मको लागि जनकपुर क्षेत्रमा कर्फ्यू लगाएको थियो।

पूर्वमा जनकपुरको कपिलेश्वर बस पार्क, उत्तरमा क्षिरेश्वरनाथ नगरपालिकाको जनकपुर ढल्केबर सडक खण्डमा पर्ने औरही खोलाको पुल, पश्चिममा कुर्था जाने बाटो र बसबिट्टी जाने बाटोको दुधमती नदीको पुल, दक्षिणमा बनौली मोड, बसहिया रोडको सोनासति मन्दिर, प्रदेशसभा जाने मोड बिच लगायतको क्षेत्र भित्र गरेको कार्फ्यूको समय सीमा आज राति १२ बजेदेखि समाप्त हुँदै छ।

तर, जनकपुर क्षेत्रमा कोरोना जोखिम अझै बढि नै रहेकाले प्रशासनले फेरि एक साताको लागि निषेधाज्ञा थपेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .