ad ad

समाज


जनकपुरमा मृत्यु भएका दुईमध्ये एक जनामा कोरोना पुष्टि

जनकपुरमा मृत्यु भएका दुईमध्ये एक जनामा कोरोना पुष्टि

शैलेन्द्र महतो
साउन २६, २०७७ सोमबार ८:४९,

जनकपुरमा कोरोना जस्तै लक्षण देखिने रोगबाट मृत्यु भएका दुई जनामध्ये एक जनामा कोरोना पुष्टि भएको छ।

जनकपुरको कदमचोक स्थित विनय तारा फाउन्डेसन क्यान्सर अस्पतालमा मृत्यु भएका धनुषाको मिथिला विहारी नगरपालिकाका ४७ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। मृतक सोही अस्पतालका सुरक्षा गार्डमा कार्यरत रहेका थिए।

रुघाखोकी, झाडापाखाला, ज्वरो आउने ती व्यक्तिलाई श्वासप्रश्वासमा समस्या देखिएपछि सोही अस्पतालमा पुर्याउने बितिकै उनको मृत्यु भएको थियो। मृत्युपछि उनको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको थियो।

प्रजिअ भट्टराईका अनुसार मृतकको आइतबार नै पीपीईको प्रयोग गरी शव व्यवस्थापन गरिएको थियो। जनकपुर स्थित प्रादेशिक प्रयोगशालाबाट पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनको सम्पर्कमा गएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिंगको काम भइरहेको प्रजिअ भट्टराईले नेपालखबरलाई बताए।

यस्तै अर्का मृतक धनुषाको शहिदनगर नगरपालिका ८ का ५० वर्षीय पुरुषको रिपोर्ट निगेटिभ आएको प्रजिअ भट्टराईले जानकारी दिए। मुटु र दम रोगबाट ग्रसित ती पुरुषको जनकपुर स्थित काव्या अस्पतालमा आइतबार नै मृत्यु भएको थियो। मृत्युपछि उनको पनि कोरोना परीक्षण गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .