ad ad

समाज


कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव बस्ती नजिकै जलाएपछि सन्त्रास

कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव बस्ती नजिकै जलाएपछि सन्त्रास

शैलेन्द्र महतो
साउन २६, २०७७ सोमबार १४:१६,

कोरोन भाइरसको संक्रमणबाट मृत्यु भएका व्यक्तिको शवलाई संवेदनशील तरिकाले माटो खनेर गाड्ने गरिन्छ। तर जनकपुरमा कोरोनाबाट मृत्यु भएका एक पुरुषलाई जलाएको रहस्य खुलेको छ।

कोरोना संक्रमणबाट मृत्यु भएका जनकपुरको कदमचोक स्थित विनय तारा फाउन्डेशन क्यान्सर अस्पतालमा कार्यरत सुरक्षा गार्ड ४७ वर्षीय पुरुषलाई जनकपुरस्थित स्वर्गद्वारी स्मसानघाटमा आइतबार अपराह्न नै जलाइएको हो।

कोरोना जस्तै देखिने लक्षणबाट आइतबार उनको अस्पतालमै उपचारको क्रममा मृत्यु भएको थियो। मृत्यु पश्चात उनको कोरोना परीक्षणको लागि स्वाब संकलन गरी प्रशासनले व्यवस्थापनको लागि शव परिवारजनलाई जिम्मा लगाएको थियो।

परिवारजनले जनकपुरकै बिचमा पर्ने स्वर्गद्वारी स्मसानघाटमा चारजनाले लगेर जलाएका छन्। प्रादेशिक प्रयोगशालाबाट उनको स्वाब रिपोर्ट पोजेटिभ आएपछि जनकपुरकै स्मसानघामटमा जलाएको घटनाले सन्त्रास फैलिएको छ ।

रुघाखोकी, झाडापाखाला, ज्वरो आएपछि ती पुरुष घरमै औषधि खाइरहेका थिए। तर आइतबार श्वासप्रश्वासमा समेत समस्या आएपछि ती पुरुषलाई उनी कार्यरत अस्पतालमा ल्याउने बितिकै मृत्यु भएको थियो।

यता धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मृतकको शव संयमित रुपमै घरपरिवारले पीपीईको प्रयोग गरि व्यवस्थापन गरेको बताएका छन्। उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिंगको काम पनि भइरहेको प्रजिअ भट्टराईले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .