प्रहरीले अटोमेटिक पेस्तोलसहित जनकपुरबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ बस्ने वर्ष २१ का सुजित यादव छन्।
ज १ ह ३१९२ नम्बरको टेम्पुमा चिनीको बोरामा प्लास्टिकमा बेरेर पेस्तोल लुकाएर बेच्न लैजाँदै छ भन्ने गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।
सोमबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका १० बाह्रविघा नजिकबाट पक्राउ परेका यादवको साथबाट अटोमेटिक पेस्तोल एक थान र त्यसमा प्रयोग हुने म्याग्जिन एक थान बरामद गरेको प्रहरी नायव उपरीक्षक मिश्रले बताए। यादवमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया