ad ad

समाज


कोरोना विशेष अस्पतालमा मृत्यु भएका युवाको पीसीआर रिपाेर्ट नेगेटिभ

कोरोना विशेष अस्पतालमा मृत्यु भएका युवाको पीसीआर रिपाेर्ट नेगेटिभ

प्रकाश न्यौपाने
साउन २९, २०७७ बिहिबार ७:५३,

बुटवलस्थित कोरोना विशेष अस्पतालमा मंगलबार राति उपचारका क्रममा मुत्यु भएका कपिलवस्तुका युवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

कृष्णनगर नगरपालिका १२ का २५ वर्षीय प्रदीप तेलीको पीसीआर रिर्पोट नेगेटिभ आएको लुम्बिनी प्रादेशिक अस्पताल कोरोना फोकल पर्शन डा.सुदर्शन थापाले बताए।

उनको श्वासप्रश्वासमा समस्या आएपछि मंगलबार राति बुटवलस्थित कोरोना विशेष अस्पताल ल्याएर भेन्टिलेटरमा राखिएको थियो। थापाका अनुसार ती व्यक्तिको मिर्गौलामा समस्या देखिएको थियो। यस्तै, ज्वरो र निमोनियाको लक्षण देखिएकाले उनलाई कोरोना भाइरसको आशंकामा कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो। तर, उपचारकै क्रममा उनको निधन भयो।

उनी यही साउन २४ गते भारतको मुम्बईबाट घर आएको बुझिएको छ। मंगलबार राति नै कपिलवस्तुकै अर्का एक व्यक्तिको मृत्यु भएको थियो। यही साउन २५ गते अस्पताल भर्ना भएका उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .