ad ad

समाज


बोल्न नसक्ने महिलामाथि सामूहिक बलात्कार, ढाकछोप गर्न चलखेल

बोल्न नसक्ने महिलामाथि सामूहिक बलात्कार, ढाकछोप गर्न चलखेल

शैलेन्द्र महतो
साउन २९, २०७७ बिहिबार १३:३४,

महोत्तरीको रामगोपालपुर नगरपालिकामा बोल्न नसक्ने एक महिलामाथि भएको सामूहिक बलात्कारको घटना ढाकछोप गर्ने प्रयास भएको छ। राजनीतिक शक्ति र पैसाको चलखेल गरी घटना मिलाउने प्रयास गरेको स्थानीयले बताएका छन्।

गएको साउन १० गते राति ९ बजे रामगोपालपुर नगरपालिका ५ की बोल्न नसक्ने एक ३५ वर्षीया महिला शौच गर्न गएको बेला स्थानीय दुई युवकले रुमालले मुख बाँधेर उखुबारीमा लगेर बलात्कार गरेका थिए। घरबाट करिब ३ सय मिटर दक्षिण उखु खेतमा महिलामाथि बलात्कार भएको थियो।

त्यस क्रममा महिला चिच्याएपछि स्थानीयले थाहा पाउँदा दुवै युवक भागेका थिए। दुवै युवकको कपडा र मोबाइल घटनास्थलबाटै प्रहरीले बरामद गरेकाे थियाे।

पीडितका अनुसार स्थानीय २६ वर्षीय जितु मण्डल र खुर्के मुखियाले बलात्कार गरेका थिए। घटनाको भोलिपल्ट साउन ११ गते पीडितले स्थानीय इलाका प्रहरी कर्यालय रामगोपालपुरमा उजुरी दिएपनि हालसम्म प्रहरीले बलात्कार आरोपीलाई पक्राउ गर्न सकेको छैन।

घटनालाई पावर र पैसाको बलमा स्थानीय राजनीतिकर्मीहरुले दुवै पक्षलाई मिलाउने प्रयास गरेको एक स्थानीयले बताए। फरार भनिएका युवाहरु खुलेआम घुमिरहेका स्थानीयले बताएका छन्। त्यसबारे स्थानीयले जानकारी दिएपनि प्रहरीले आफूलाई फुर्सद नभएको बताउने गरेकाे स्थानीयकाे आराेप छ।

यता इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी निरीक्षक कैलाश भट्टराईले घटनास्थलबाट बरामद भएको दुई युवकको कपडा र मोबाइल जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जिम्मा लगाएको बताए। पीडितले दिएको उजुरी पनि जिल्लामा पठाएको र फरार आरोपीहरुको खोजबिन भइरहेको उनको भनाई छ।

घटनालाई मिलाउन खोजेको विषयमा आफूलाई कुनै जानकारी नभएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .