ad ad

समाज


पछिल्लो २४ घण्टामै प्रदेश २ मा कोरोनाबाट ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामै प्रदेश २ मा कोरोनाबाट ६ जनाको मृत्यु

शैलेन्द्र महतो
साउन २९, २०७७ बिहिबार १५:१,

पछिल्लो २४ घण्टामा प्रदेश २ मा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ।

बाराका चारजना पुरुषको मृत्यु भएको छन्। ७८, ३८, ६५ र ५० वर्षका पुरुषहरुको कोरोना संक्रमणबाट मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए।

४ जना मध्ये एकजनाको वेवारिशे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार धनुषाका ७० वर्षीय पुरुष र ६५ वर्षीया एक महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ।

योसँगै प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ। मृत्यु हुने मध्ये ८ जना महिला छन्।

पर्सामा १९ जना, धनुषामा ६ जना, बारामा ६ जना, सप्तरीमा ३, महोत्तरीमा २, रौतहटमा २ र सिरहामा १ जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांकमा छ।

पछिल्लो २४ घण्टामा प्रदेश २ मा १५१ जना संक्रमित थपिएका छन्। पर्सामा ३९, धनुषामा २८, महोत्तरीमा २३, रौतहटमा २१, बारामा २०, सप्तरीमा १२, सर्लाहीमा ५ र सिरहामा ३ जना संक्रमित फेला परेका स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत झाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .