ad ad

समाज


कोरोना संक्रमितको उपचार गर्ने अस्पताललाई अनुदान दिने तयारी

कोरोना संक्रमितको उपचार गर्ने अस्पताललाई अनुदान दिने तयारी

नेपालखबर
साउन ३२, २०७७ आइतबार १०:३१,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित तथा शंकास्पद व्यक्तिहरुको उपचार गर्ने सबै अस्पतालहरुलाई अनुदान उपलब्ध गराउने भएको छ।

मन्त्रालयले आइतबार सूचना प्रकाशित गरी ‘कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको उपचार बापत अस्पताललाई अनुदान उपलब्ध गराउने सम्बन्धी अध्यादेश २०७७’ बमोजिम अनुदान उपलब्ध गर्न लागिएकोले दुई दिनभित्र विवरण पठाउन अस्पताललाई भनेको छ।

मन्त्रालयका अनुसार लक्षण नभएका वा सामान्य लक्षण भएका विरामी (घरमा स्वास्थ्यकर्मीले क्लिनिकल निगरानी गर्दा लाग्ने खर्च) वापत प्रतिदिन रु दुई सय, सोही अवस्थाका बिरामी आइसोलेसन केन्द्रमा राखेबापत प्रतिदिन रु दुई हजार, सामान्य लक्षण भएका बिरामी अस्पतालमा राखे बापत प्रतिदिन रु तीन हजार पाँच सय, मध्यम जटिल बिरामीको प्रतिदिन सात हजार र जटिल तथा क्रिटिकल बिरामीको प्रतिदिन १५ हजार रुपैयाँ तोकिएको छ।

मन्त्रलयले दुई दिन भित्र विवरण उपलब्ध नगराउने अस्पतालहरुको हकमा कुनै कठिनाई हुन गएमा सम्बन्धित अस्पताल आफैँ जिम्मेवार हुने पनि सूचनामा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .