ad ad

समाज


सामूहिक रुपमा गौरा तथा तीज मनाउन रोक

सामूहिक रुपमा गौरा तथा तीज मनाउन रोक

गोकुल जोशी
भदौ २, २०७७ मंगलबार १४:१४,

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सामूहिक रुपमा गौरा तथा तीज पर्व मनाउन रोक लगाएको छ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई मध्यनजर गर्दै सामूहिक रुपमा सुदूरपश्चिमको महान पर्व गौरा र हरितालिका तिज नमाउन प्रशासनले आग्रह गरेको हो।

मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै प्रशासनले सामूहिक रुपमा गौरा तथा तीज मनाउँदा कोरोना संक्रमण फैलिने भएकोले जनस्वास्थ्यका मापदण्ड पूरा गरी घरभित्रै चाड पर्व मनाउन आग्रह गरेको छ।

तीज आउनै लाग्दा कतिपय स्थानमा राति पनि डिजे बजाएर नाचगान गरिरहेको तथा गौरा पर्वमा भेटघाट जमघटले कोरोना संक्रमण फैलिन सक्ने भन्दै यस्तो गतिविधि नगर्न प्रशासनले आग्रह गरेको छ।

सार्वजनिक स्थलहरुमा मानिसको सामूहिक भेला, जमघट, भीडभाड हुने गरी मनाइने कार्यमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए। जनस्वास्थ्यकाे मापदण्ड पालना गरेर परिवारका सदस्यसँग मात्र चाडपर्व मनाउन आग्रह गरिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .