ad ad

राजनीति


विद्रोही सेनाको कब्जामा परेको खबरपछि मालीका राष्ट्रपतिले दिए राजीनामा

विद्रोही सेनाको कब्जामा परेको खबरपछि मालीका राष्ट्रपतिले दिए राजीनामा

नेपालखबर
भदौ ३, २०७७ बुधबार ७:३८,

विद्रोही सेनाको कब्जामा परेको खबरसँगै मालीका राष्ट्रपतिले राजीनामा दिएको सीएनएनले जनाएको छ।

मालीका राष्ट्रपति र प्रधानमन्त्री मंगलबार साँझ त्यहाँका बिद्रोही सैनिकहरुले कब्जामा परेको खबर विश्वभर सम्प्रेषण भएको थियो।

सरकारी टेलिभिजनमा सम्बोधन गर्दै इब्राहिमले पदबाट राजीनामा दिएका हुन्।

राष्ट्रपति इब्राहिम बुबाकर किटालाई पदबाट हटाउने मागसहित कैयौं महिनादेखि आन्दोलनरत् बिद्रोहीले उनलाई कू नै गर्ने तयारी गरेको देखिन्थ्यो।

Mali president announces resignation after armed mutiny - AP ...

ती बिद्रोही सैनिकहरुले राष्ट्रपति भवन घेरेर हवाइफायर समेत गरेका थिए।

इब्राहिमले आफूले रक्तपात नचाहेको भन्दै पदबाट राजीनामा दिएका हुन्। उनले भनेका छन्,‘७ वर्षसम्म मैले देशलाई आफ्नो खुट्टामा उभिने बनाउन भूमिका खेलेको छु। यदी आज केही हतियारधारी समूहले यस्तो चाहँदैनन् भने मसँग विकल्प छैन। म कुनै रक्तपात चाहन्न।’

उनले आफू विद्रोही सेनाको कब्जामा रहे–नरहेको बारे भने जानकारी दिएनन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .