ad ad

समाज


स्वर्गीय राष्ट्रकविलाई पूर्वप्रधानमन्त्री खनालले दिए श्रद्धाञ्जलि

स्वर्गीय राष्ट्रकविलाई पूर्वप्रधानमन्त्री खनालले दिए श्रद्धाञ्जलि

नेपालखबर
भदौ ३, २०७७ बुधबार ९:२४,

स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई पूर्वप्रधानमन्त्री झलनाथ खनालले श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

घिमिरेको मंगलबार साँझ काठमाडौंको लैनचौरस्थित आफ्नै निवासमा निधन भएको थियो।

खनालले राष्ट्रकविको निधनले स्तब्ध बनाएको बताउँदै विज्ञप्तिमा भनेका छन्, ‘यस शोकको घडीमा म हाम्रा आदरणीय राष्ट्रकवि माधव घिमिरेप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु।’

उनले यो दुःखद क्षणमा शोकाकुल घिमिरे परिवारमा वियोगको वेदना सहन गर्ने साहस र धैर्यता प्राप्त होस् भन्ने कामनासहित गहिरो समवेदना पनि व्यक्त गरेका छन्।

नेपाली साहित्यको मध्यकालदेखि वर्तमान कालसम्म राष्ट्रकवि घिमिरको महत्वपूर्ण योगदान रहेको छ। उनका विभिन्न शैलीका कविता, खण्डकाव्य, शोककाव्य, निबन्ध, गीतिनाटक साथै गीत सङग्रहहरु प्रकाशित छन्। घिमिरे पद्य कवितामा अत्यन्त लोकप्रिय थिए। उनले विभिन्न राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेका छन्।

khanal bigyapti 56

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .