ad ad

समाज


सुदूरपश्चिममा कोरोना संक्रमित संख्या ५ हजार नाघ्यो, ४ हजार ४३ डिस्चार्ज

सुदूरपश्चिममा कोरोना संक्रमित संख्या ५ हजार नाघ्यो, ४ हजार ४३ डिस्चार्ज

गोकुल जोशी
भदौ ४, २०७७ बिहिबार १३:४६,

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ। बिहीबार मात्रै प्रदेशमा १ सय २९ जनामा संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ४२ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीको गौरीगंगा नगरपालिकाका २६ जना, गोदावरी नगरपालिकाका ११ जना, घोडाघोडी नगरपालिकाका १० जना, भजनी नगरपालिकाका ३ जनामा र कञ्चनपुरकोे भीमदत्त नगरपालिकाका १४ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

बिहीवार नै डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा अछामको साँफेबगर नगरपालिकाका १५ जना, मेल्लेक गाउँपालिकाका १५ जना, डोटीको आदर्श गाउँपालिकाका १६ र डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक जना गरी ४६ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

यस्तै जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा पनि १८ जनामा संक्रमण पुष्टि भएको छ। दिपायल–सिलगढी नगरपालिकाका १३ जना र केआइ सिंह गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज सौरभ श्रेष्ठले बताए।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत तीन जना प्रहरी र राष्ट्रिय वाणिज्य बैंक दीपायल शाखामा कार्यरत एक जना कर्मचारीमा पनि संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार संक्रमितमध्ये हालसम्म ४ हजार ३ सय ४३ जना डिस्चार्ज भएका छन्।

सुदूरपश्चिममा हालसम्म ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .