ad ad

समाज


सुदूरपश्चिममा ९२ संक्रमित थपिए, धनगढीका मात्रै ३० जना

सुदूरपश्चिममा ९२ संक्रमित थपिए, धनगढीका मात्रै ३० जना

गोकुल जोशी
भदौ ५, २०७७ शुक्रबार ९:३१,

सुदूरपश्चिममा शुक्रबार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा उप–क्षेत्रीय अस्पतालको प्रयोगशाला गरिएको परीक्षणमा थप ९२ जनामा संक्रमण पुष्टि भएको हो।

शुक्रबार सबैभन्दा बढी अछाममा ३८ तथा कैलालीमा ३४ जनामा संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ३४ र अछामका २ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका ३० र गोदावरी नगरपालिकाका ४ जना तथा अछामको बान्नीगढ जयगढ–५ का २ जनामा संक्रमण पुष्टि भएको हो।

उता डडेल्धुरा उप–क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५६ जनामा संक्रमण पुष्टि भएको छ। सबैभन्दा बढि अछामका ३६ जनामा संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाका प्रमुख ईश्वरी प्रसाद भुसालले बताए।

उनका अनुसार अछामको साँफेबगर नगरपालिकाका २५, पञ्चदेवल बिनायक नगरपालिकाकाका १० र मेल्लेख गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै डोटीको शिखर नगरपालिकाका १३, केआई सिंह गाउँपालिकाका २, जोरायल गाउँपालिकाका १ जना तथा बैतडीको सिगास गाउँपालिकाका २ जना र डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार १ सय ३४ पुगेको छ। तीमध्ये ४ हजार ४३ जना डिस्चार्ज भएका छन् भने ९ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .