ad ad

समाज


नेपालमा पछिल्लो २४ घण्टामा ६३४ कोरोना संक्रमित थपिए, १३६ निको भए

नेपालमा पछिल्लो २४ घण्टामा ६३४ कोरोना संक्रमित थपिए, १३६ निको भए

नेपालखबर
भदौ ६, २०७७ शनिबार १०:४१,

नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ६३४ जनामा कोरोना पुष्टि भएको बताए।

योसँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ। प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ रहेको छ। 

याे पनि : काठमाडौँ उपत्यकामा थपिए २१६ कोरोना संक्रमित

प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा १२ हजार ५१९ को पीसीआर परीक्षण गरिएको जानकारी दिए। योसँगै शनिबारसम्म पीसीआर विधिबाट ५ लाख ९२ हजार ४१८ परीक्षण भएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १३६ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोनामुक्त हुनेको संख्या १८ हजार ३५० पुगेको छ।

कोरोना संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ।

याे पनि :  कोरोना संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .