ad ad

समाज


कैलालीका ३२ र कञ्चनपुरका १० जनामा कोरोना संक्रमण पुष्टि

कैलालीका ३२ र कञ्चनपुरका १० जनामा कोरोना संक्रमण पुष्टि

गोकुल जोशी
भदौ ७, २०७७ आइतबार १०:२७,

आइतबार कैलाली र कञ्चनपुरमा थप ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार कैलालीका ३२ र कञ्चनपुरका १० जनामा संक्रमण पुष्टि भएको हो। कैलालीको गोदावरी नगरपालिकाका १५ जना, धनगढी उप–महानगरपालिकाका ८ जना, घोडाघोडी नगरपालिका–११ का ४ जना, भजनी नगरपालिककाका ४ जना, जोशीपुर गाउँपालिकाका–२ का ४ जनामा संक्रमण पुष्टि भएको छ।

कञ्चनपुरको पुनर्वास नगरपालिकाका ६ र कृष्णपुर नगरपालिकाका २ सहित १० जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। यस्तै आइतबार नै डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३ जनामा संक्रमण पुष्टि भएको थियो।

डडेल्धुरा अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाका प्रमुख ईश्वरी प्रसाद भुसालका अनुसार अछामको मंगलसेन नगरपालिकाका १७ जना, पञ्चदेवल बिनायक नगरपालिकाका ६ जना, बझाङको केदारस्यु गाउँपालिकाका २ जना, बुङगल नगरपालिकाका एक, बैतडीको पाटन नगरपालिकाका २ जना, सुर्नाया गाउँपालिकाका एक र जिल्ला अस्पतालका एक जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै डडेल्धुराको गन्यापधुरा गाउँपालिका, अजयमेरु गाउँपालिका र दार्चुलाको मालिकार्जुन गाउँपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार २ सय २४ पुगेको छ। तीमध्ये ४ हजार ३ सय ७६ जना डिस्चार्ज भएका छन् भने ९ जनाको मृत्यु भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .