अछामको रामारोशन गाउँपालिका– ५ मा बाढीले बेपत्ता भएकामध्ये थप एक जनाको शव भेटिएको छ।
गत मंगलबार राति अविरल वर्षासँगै आएको बाढीले बगाएर बेपत्तामध्ये १७ मध्ये थप एक जनाको शव भेटिएको हो। यो सँगै बाढीले बगाएर मृत्यु हुनेको संख्या ८ पुगेको छ। अझै ९ जना बेपत्ता छन्।
गत मंगलबार राति रामारोशन गाउँपालिका–५ को स्थानीय कैलाश खोलामा आएको बाढी बस्तीमा पसेको थियो। बाढी बस्तीमा पस्दा १७ जना बेपत्ता भएका थिए। सोमबार मंगलसेन नगरपालिका–३ स्थित कैलाश खोला किनारमा शव भेटिएकोे जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए।
‘शव भेटिएको खबर आएको छ, हाम्रो टोली त्यसतर्फ गएको छ’ प्रहरी निरीक्षक अवस्थीले नेपालखबरसँग भने, ‘मृतकको पहिचान भने हुन सकेको छैन।’
यस अघि रामारोशन गाउँपालिकाका–५ का १८ वर्षीय रुपेश साउँद, १३ वर्षीय नविन साउँद, ३३ वर्षीया गौरी शाह, ४८ वर्षीय चन्द्र साउँद, ४५ वर्षीय अमर बहादुर शाह, २२ बविता बुडा साउँद र रामारोश गाउँपालिका–८ बारलाका ४७ वर्षीया लालसरा शाहीको शव भेटिएकोे थियो।
अविरल वर्षासँगै बस्ती पसेको बाढीले २२ वटा घर, दुईवटा जलविद्युत्त, एम्बुलेन्स र नेपाल टेलिकमको गाडी बगाएको थियो। बाढीले बगाएर बेपत्ता भएका ९ जनाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया