ad ad

समाज


झगडा छुट्याउन गएकाे प्रहरी टाेलीमाथि आक्रमण, दुई प्रहरी घाइते

झगडा छुट्याउन गएकाे प्रहरी टाेलीमाथि आक्रमण, दुई प्रहरी घाइते

गोकुल जोशी
भदौ ८, २०७७ सोमबार १०:२६,

कञ्चनपुरको महाकाली नगरपालिका–८ मा सोमबार स्थानीय युवाहरुले दुई जना प्रहरीमाथि हातपात गरेका छन्।

झैझगडाको खबर पाएपछि बुझ्न गएको प्रहरी चौकी बाबाथानको टोलीमाथि स्थानीय युवाहरुले आक्रमण गरेका हुन्।

प्रहरी सहायक निरीक्षक (असई) मानसिंह धामी र हवल्दार रमेश भारतीमाथि हातपात भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाले बताए।

असई धामीको नाकमा चोट लागेको छ। उनको फुली च्यातिएको छ। त्यस्तै हवल्दार भारतीको पनि चुस्ता च्यातिएको डिएसपी थापाले बताए। स्थानीय युवाहरुको आक्रमणबाट घाइते प्रहरी सहायक निरीक्षक धामीको महाकाली अस्पतालमा उपचार भइरहेको छ भने हवल्दार भारतीको प्राथमिक स्वास्थ्य केन्द्र दोधारा–चाँदनीमा उपचार भइरहेको छ ।

महाकाली नगरपालिका–८ का स्थानीय गणेश खत्रीलाई कुटपिट गरेको खबर पाएपछि सोधपुछका लागि गएको प्रहरीमाथि चार जना युवाले हातपात गरेका थिए।

प्रहरीका अनुसार प्रहरीमाथि हातपात गर्ने शिव सुनार, प्रेम सुनार, अनिल सुनार र राजेश सुनारलाई पक्राउ गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .