ad ad

समाज


कञ्चनपुरका ७१ वर्षीय वृद्धसहित सुदूरपश्चिममा थपिए ११४ संक्रमित

कञ्चनपुरका ७१ वर्षीय वृद्धसहित सुदूरपश्चिममा थपिए ११४ संक्रमित

गोकुल जोशी
भदौ ८, २०७७ सोमबार १२:२१,

सुदूरपश्चिममा सोमबार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा ११४ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार कैलालीका २९ जना, अछामका १८ जना, डोटीका ६ जना तथा कञ्चनपुर र बझाङका २/२ जनामा संक्रमण पुष्टि भएको हो।

कैलालीको टीकापुर नगरपालिकाका १४, धनगढी उपमहानगरपालिकाका १३, मोहन्याल गाउँपालिकाका २ जना, अछामको मंगलसेन नगरपालिका–५ का १४ जना, साफेँबगर नगरपालिकाका ४ जनामा सक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

यस्तै डोटीको बोगटानका २ जना, आदर्श गाउँपालिकाका ४ जना, बझाङका २ जना तथा कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का १ र बेलडाँडी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ। सोमवार कोरोना पुष्टि हुने ४ वर्ष देखि ७१ वर्ष उमेर समुहका छन्।

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका एक ७१ वर्षीय वृद्धिमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुर, कैलाली र बैतडीमा गरी ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

कैलालीका ४७ जना, कञ्चनपुरका ९ जना र बैतडीका एक जनामा सोमवार संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालाका प्रमुख ईश्वरी प्रसाद भुसालले बताए।

उनका अनुसार सबैभन्दा बढी कैलालीको घोडाघोडी नगरपालिकाका ३१ जना, गौरीगंगा नगरपालिकाका ७ जना, टीकापुर नगरपालिकाका ८ जना, जानकी गाउँपालिकाका एक जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका ८ जना, महाकाली नगरपालिकाका एक जना र बैतडीको आर्मी क्याम्पका एक जनामा संक्रमण पुष्टि भएको हो।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ का ३ जना, वडा नम्बर ५ का ३ जना र ९ नम्बर वडाका एक जना गरी ८ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाका कोभिड–१९ फोकल पर्सन नरेन्द्र जोशीले बताए।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३८ पुगेको छ। तीमध्ये ४ हजार ३ सय ७७ जना डिस्चार्ज भएका छन् भने ९ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .