ad ad

समाज


आइसोलेसनमा महिलाको मृत्यु, सँगै बसेका श्रीमान र ५ वर्षीया छोरीमा संक्रमण पुष्टि

आइसोलेसनमा महिलाको मृत्यु, सँगै बसेका श्रीमान र ५ वर्षीया छोरीमा संक्रमण पुष्टि

गोकुल जोशी
भदौ ९, २०७७ मंगलबार ९:२२,

कैलालीको घोडाघोडी नगरपालिका–११ को आइसोलेसनमा रहेकी एक महिलाको मृत्यु भएको छ।

भारतबाट फर्किएर घोडाघोडी नगरपालिका–११ स्थित दशरथ बाल विकास केन्द्रमा व्यवस्थापन गरिएको आइसोलेसनमा रहेकी ३५ वर्षीया महिलाको सोमबार राति मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले बताए।

तीन वर्षदेखि उनको दुवै मिर्गौलामा समस्या रहेको र नियमित डाइलासिस गर्नुपर्ने अवस्था रहेको उनले बताए। स्थायी घर बझाङ भएकी उनी भारतबाट आफन्तको घरमा कैलाली आए पछि आइसोलेसनमा राखिएको थियो। मृतकका श्रीमान् र ५ वर्षीया छोरीमा कोरोना संक्रमण पुष्टि भएको छ।

‘भदौ २ गते श्रीमान् र छोरीको स्वाब संकलन गरिएको थियो, तर उनको भने स्वाब संकलन गर्न त्यो बेला छुटेको थियो। छोरी र श्रीमानमा संक्रमण पुष्टि भएको छ’ स्वास्थ्य शाखा प्रमुख रावतले भने, ‘बिहान स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी प्रयोगशालामा पठाइएको छ, आज बेलुकासम्म रिपोर्ट आउन सक्छ।’

कोरोना आशंका रहेकाले मृतकको शव व्यवस्थापन गरिएको छैन। कोरोना परीक्षण रिपोर्ट आए पछि शव व्यवस्थापन गरिने स्वास्थ्य शाखा प्रमुख रावत बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .