ad ad

समाज


शुक्रबारदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइनबाट परीक्षा लिँदै

शुक्रबारदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइनबाट परीक्षा लिँदै

नेपालखबर
भदौ ११, २०७७ बिहिबार ८:५३,

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा सञ्चालित सेमेस्टरहरुको मध्यावधि (मिड टर्म) परीक्षा अनलाइन माध्यमबाटै लिने भएको छ।

विश्वविद्यालयले शुक्रबारदेखि दुवै तहअन्तरगत विभिन्न सेमेस्टरमा अध्ययनरत परीक्षार्थीको मध्यवाधि परीक्षा अनलाइनबाट लिने भएको हो।

कोभिड–१९ का कारण भर्चुअल कक्षा सञ्चालन भएको र सोहीअनुरुप अनलाइनबाट परीक्षा लिन थालिएको विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले जानकारी दिए।

‘हामीले मध्यपश्चिम विश्वविद्यालय डिजिटल, भर्चुअल तथा वैकल्पिक शिक्षण सञ्चालन नीति दिशानिर्देश २०२० तयार गरेका छौं’, उनले भने, ‘कोभिडको संकटमा यस प्रणालीले परीक्षार्थीलाई परीक्षा दिन सहज हुनेछ।’ सबै परीक्षार्थीहरुलालाई ढुक्कका साथ परीक्षा दिन अपिल गर्दै उनले परीक्षार्थीहरुले भने तोकिएको समयमा उत्तर उपलब्ध गराउनुपर्ने जनाए।

परीक्षा भने शुक्रबार बिहान ८ः०० बजे शुरु हुनेछ। उपकुलपति सिंहका अनुसार अनलाइन प्रणालीबाट परीक्षा गर्नेबारे गत साउन १९ गतेको निर्णय भएको थियो। मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकाय केन्दीय क्याम्पसका प्रमुख तेजबिक्रम बस्नेतले कर्णालीको भौगोलिक अवस्थालाई ध्यानमा राखेर अनलाइन परीक्षा सञ्चालन गरिएको जानकारी दिए।

कोभिड–१९ को संकटमा विद्यार्थीलाई सहजता प्रदान गर्न यो सुविधा दिइएको जनाउँदै उनले कम्प्युटर नजान्नेहरुका लागि अफलाइन परीक्षाको समेत व्यवस्था गरिएको बताए। उनीहरुले भने हातैले लेखेर फोटो खिचेर वा स्क्यान गरेर पठाउनुपर्ने क्याम्पस प्रमुख बस्नेतको भनाइ थियो।

लोकवार्ता विज्ञान विभागका प्रमुख खगेन्द्र अधिकारीले अनलाइन परीक्षाले कर्णालीका भौगालिक रुपले विकट जिल्लाका विद्यार्थीहरुलाई बढी न्याय भएको बताए। यस परीक्षाले कोभिड–१९ ले धकेलिएको सेमेस्टरको उपयोग भएको र शिक्षामा वैकल्पिक प्रणालीको प्रयोग भएको जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .