ad ad

खेल


चन्द्रकलामाथि भएको कुटपिट मानवताविरोधी कार्यः राखेप

चन्द्रकलामाथि भएको कुटपिट मानवताविरोधी कार्यः राखेप

नेपालखबर
भदौ ११, २०७७ बिहिबार ८:५८,

एथ्लेटिक्सकी कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि दलित भएको आधारमा निर्घात कुटपिट भएको विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

राखेपका उपाध्यक्ष शिव कोईरालाले बिहीबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय कीर्तिमानी खेलाडीमाथि दलित भएको आधारमा निर्घात कुटपिट भएको भन्दै परिषद्को गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

‘संविधान कानुनद्वारा प्रदान गरिएको नैसर्गिक नागरिक अक अधिकार पुर्ण रुपमा प्राप्त गर्न नपाएको वा नभएको अनुभुति हुने खालका यसता जघन्य एवं मानवता विरोधी कार्य हुनु प्रचलित संविधान कानुन एवं कानुनी राज्यलाई नै चुनौती दिन खोजिएको महसुस हुन्छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

पीडित राष्ट्रिय किर्तिमानी खेलाडीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै राखेपबाट आवश्यक सहयोग एवं पहल गर्ने प्रतिवद्धता पनि जनाइएको छ।

झापाको मेचिनगर चारआलीमा दलित युवकलाई कुटपिटबाट जोगाउने क्रममा स्थानीय दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुले जातीय विभेद सहित गाली गलौज गर्दै चन्द्रकला र उनका श्रीमानमाथि सोमबार राति आक्रमण गरेका थिए।

याे पनि: लामगादेमाथि हातपात गर्नेलाई कारबाही गर्न एथलेटिक्स संघको माग

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .