ad ad

समाज


युरोपेली टापु माल्टाको नक्कली भिषा लगाएर ६५ लाख ठगी गर्ने पक्राउ

युरोपेली टापु माल्टाको नक्कली भिषा लगाएर ६५ लाख ठगी गर्ने पक्राउ

नेपालखबर
साउन ६, २०७६ सोमबार ६:५२,

दक्षिणी युरोपको टापु मुलुक माल्टा लैजान्छु भनी नक्कली भिषा दिलाउने कार्यमा संलग्न एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

भारत उत्तर प्रदेश दिल्ली घर भई हाल काठमाडौं महागनरपालिका–९ सिनामांगल बस्दै आएका २३ वर्षीय राहुल पाण्डे शुक्रबार पक्राउ परेका हुन्। उनलाई प्रहरीले टेकूबाट पक्राउ गरेको हो।

पाण्डेले भिभि इन्टरनेशनल प्रालिमार्फत नेपालीहरुलाई वैदेशिक रोजगारको लागि माल्टा लैजान्छु भनि नक्कली भिषा दिलाई ठगी गरेका थिए। कामदारहरुको भिषा प्रोसेसिङ र सेक्युरिटी डिपोजिट गर्नको लागि भन्दै पटक पटक गरी उनले नगद ६५ लाख ७० हजार ६ सय रुपैयाँ ठगेको जाहेरीमा उल्लेख छ।

भिभी इन्टरनेशनल प्रालिका संचालक दावा शेर्पाले प्रहरीमा उजुरी गरेका हुन्। सोही आधारमा महानगरीय अपराध महाशाखाको टोलीले पाण्डेलाई पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .