ad ad

समाज


प्रदेश २ मा कोरोनाबाट एकै दिन पाँच जनाको मृत्यु

प्रदेश २ मा कोरोनाबाट एकै दिन पाँच जनाको मृत्यु

शैलेन्द्र महतो
भदौ १२, २०७७ शुक्रबार १५:३१,

प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलासहित पाँचजनाको मृत्यु भएको पुष्टि भएको छ। कोरोना संक्रमणबाट महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिका ४ का ३७ वर्षीय, सोही नगरपालिका वडा नम्बर ५ का ७४ वर्षीय र भङ्गहा नगरपालिका २ सिङ्गयाहीका ६० वर्षीय पुरुषको मृत्यु भएको समाजि विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ। 

यस्तै सिरहाको लहान नगरपालिका ९ का ६५ वर्षीया एक महिला र बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ का ७७ वर्षीय एक वृद्धको संक्रमणबाट मृत्यु भएको मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजय झाले पुष्टि गरेका छन्। यससँगै यो प्रदेशमा कोरोना संक्रमाणबाट शुक्रबारसम्म ७७ जनाको मृत्यु भइसकेको छ।

हालसम्म पर्सामा ३० जना, बारामा १३ जना, धनुषामा १२ जना, सप्तरी र सिरहामा ५।५ जना, महोत्तरीमा ६ जना, सर्लाहीमा र रौतहटमा ३।३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा प्रदेश २ मा ३१ महिलासहित ७९ जना कोरोना संक्रमित थपिएका छन्। धनुषामा १९ जना, रौतहटमा २० जना, महोत्तरीमा १३ जना, सर्लाहीमा १३ जना, सप्तरीमा ६ जना, बारामा ५ जना, सिरहा २ र पर्सामा १ जनामा शुक्रबार कोरोना पुष्टि भएको मन्त्रायका बरिष्ट चिकित्सक डा‍ कमलेश मण्डलले जानकारी दिए।

यो सँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९ हजार ६३० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालबाट २२ महिलासहित १५२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .