ad ad

समाज


संक्रमणको आशंका गरिएका एक युवकसहित कोरोनाबाट प्रदेश २ मा ४ जनाको मृत्यु

संक्रमणको आशंका गरिएका एक युवकसहित कोरोनाबाट प्रदेश २ मा ४ जनाको मृत्यु

शैलेन्द्र महतो
भदौ १३, २०७७ शनिबार ५:३२,

प्रदेश २ का महोत्तरी, धनुषा र सिरहामा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ।

महोत्तरीको पीपरा गाउँपालिका ७ का ७० वर्षीय पुरुषको कोरोना संक्रमणबाट शनिबार बिहान मृत्यु भएको हो। बर्दिबासबाट थप उचपारका लागि शनिबार बिहान प्रादेशिक अस्पताल जनकपुर ल्याएका ती संक्रमितको मृत्यु भएको अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. जामुन प्रसाद सिंहले जानकारी दिए।

यस्तै सिरहाको लहान नगरपालिका १८ भदैयाका ८४ वर्षीय पुरुषको धरान स्थित बीपी कोइराला विज्ञान प्रतिष्ठान धरामा शुक्रबार राति मृत्यु भएको सिरहाका स्वास्थ्य कार्यालय प्रमुख कृष्णदेव यादवले जानकारी दिए।

मृगौला रोगी रहेका ती पुरुषलाई स्वास्थ्य समस्या भएपछि गएको भदौ ६ गते अस्पताल भर्ना गरिएको थियो। ७ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। उनको उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको र शव सिरहा ल्याएर व्यवस्थापन गर्ने तयारी भइरहेको स्वास्थ्य प्रमुख यादवले बताए।

यस्तै बिहीबार राति धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएका धनुषाको नगराइन नगरपालिका ७ डेवडिहाका ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

उनको मृत्युपछि शुक्रबार कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. जामुनप्रसाद सिंहले जानकारी दिए।

लामो समयदेखि दम र मधुमेह रोगी रहेका ती पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिएपछि गएको बुधबार राति प्रादेशिक अस्पतालम भर्ना गरिएको थियो। बिहीबार राति उनको स्वास्थ्य अवस्था झनै खराब भएपछि थप उपचारको लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो।

यस्तै कोरोना संक्रमणको आशंका गरिएका महोत्तरीका थप एक युवकको पनि मृत्यु भएको छ। यस्तै महोत्तरीकै भंगहा नगरपालिका १ कविलासीका ३० वर्षीय युवकको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको छ। ८ दिनदेखि नियमित ज्वरो आउने गरेका उनको घरमै उपचार भइहेको थियो।

कोरोनाको शंका लागेपछि उनको शुक्रबार स्वाब संकलन गरिएको थियो। राति श्वासप्रश्वासमा समस्या भएपछि उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याएको थियो। बिहान उनको मृत्यु भएको निमित प्रमुख डा. सिंहले बताए। उनको पीसीआर रिपोर्ट आउन बाँकी रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .