ad ad

समाज


प्रदेश २ मा बढ्दै कोरोना कहर : एकैदिन ७ जनाको मृत्यु

प्रदेश २ मा बढ्दै कोरोना कहर : एकैदिन ७ जनाको मृत्यु

शैलेन्द्र महतो
भदौ १३, २०७७ शनिबार १२:१९,

पछिल्लो २४ घण्टामा प्रदेश २ मा कोरोना संक्रमणबाट ७ जनाको ज्यान गएको छ। पर्सामा ३ जना, महोत्तरीमा र सिरहामा २/२ जनाको मृत्यु भएको हो।

शनिबार बिहान मृत्यु हुनेमा महोत्तरीको भंगहा नगरपालिका १ का ३५ वर्षीय पुरुष र महोत्तरीकै पिपरा गाउँपालिका ७ का ७० वर्षीय पुरुष छन्।

यस्तै सिरहाको सुक्खीपुर नगरपालिका ८ का ५५ वर्षीय पुरुष र सिरहाकै लाहान नगरपालिका १८ का ४५ वर्षीय पुरुषको मृत्यु भएको समाजिक विकास मन्त्रालयका वरिष्ट चिकित्सक डा. कमलेश यादवले जानकारी दिए।

त्यस्तै पर्साका वीरगञ्ज महानगरपालिका १२ का ४८ वर्षीय पुरुष र ६५ वर्षीया महिला र पर्साकै मनियारीका ३७ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ। योसँगै प्रदेश २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ८४ पुगेको छ।

यसअघि शुक्रबार यस प्रदेशमा कोरोनाबाट ५ जनाको मृत्यु भएको थियो भने बिहीबार ८ जनाको मृत्यु भएको थियो।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा २० महिलासहित १६५ जना नयाँ कोरोना संक्रमित फेला परेका छन्। सबभन्दा बढी धनुषाका ४९ जना, महोत्तरीका २७ जना, बाराका ९ जना, पर्सामा ३४ जना, सर्लाहीमा ४५ जना र रौतहटमा १ जना संक्रमित भेटिएको मन्त्रालयका वरिष्ठ चिकित्सक डा. यादवले बताए।

हालसम्म यस प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ७९५ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ महिलासहित ८७ जना उपचारपश्चात कोरोना मुक्त भएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .