ad ad

समाज


भारतबाट फर्किएका पुरुषको बाटैमा बेहोस भएर मृत्यु

भारतबाट फर्किएका पुरुषको बाटैमा बेहोस भएर मृत्यु

गोकुल जोशी
भदौ १३, २०७७ शनिबार १३:४६,

 कैलालीमा भारतबाट फर्किरहेका बेला एक्कासी बाटोमै बेहोस भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।

अछामको बान्नीगढ जयगढ गाउँपालिका–४ का ५२ वर्षीय लोकबहादुर रावललको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतीक बिष्टले जानकारी दिए।

भारतको राजस्थानबाट छोरासहित फर्किएका रावल गौरीफन्टा नाका नजिकै मोहना पुलमा शनिबार बिहान एक्कासी बेहोस भएका थिए।

त्यसपछि उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पु¥याइएको थियो। रावलको उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी क्षयरोगको समस्याबाट ग्रसित रहेको थिए। मृतक रावलको कोरोना परीक्षणका लागि स्वाब लिइएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। कोरोना परीक्षण रिपोर्ट आएपछि मात्रै शव व्यवस्थापन गरिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .