ad ad

समाज


दुई वर्षमा नेपाल प्रहरीले बनायो झण्डै १२ सय नयाँ संरचना, कहाँ के बने?

दुई वर्षमा नेपाल प्रहरीले बनायो झण्डै १२ सय नयाँ संरचना, कहाँ के बने?

नेपालखबर
भदौ १४, २०७७ आइतबार १४:३,

नेपाल प्रहरीले गत दुई वर्षमा ११ सय ७७ वटा नयाँ संरचना निर्माण गरेको छ।

विभिन्न निकायको सहयोगमा प्रहरीले ती संरचना निर्माण गरेको हो।

नेपाल प्रहरीको नियमित बजेट, राष्ट्रिय पूनःनिर्माण प्राधिकरण कोष र प्रादेशिक बजेटबाट प्रहरीको कार्यालय भवन, मेस, हिरासत कक्ष, ब्यारेक भवन, भान्सा लगायतका संरचना निर्माण गरिएको हो।

पछिल्लो दुई आर्थिक वर्ष २०७५/०७६ र ०७६/०७७ मा ५५ वटा कार्यालय भवन, ६० वटा ब्यारेक, ५० वटा हिरासत कक्ष, ७१ वटा मेस, ७ सय ५५ वटा शौचालय निर्माण गरेको हो।

नेपाल प्रहरी अन्तर्गतका हाल देशभर २७ सय ५७ इकाईहरु रहेका छन्। एउटा स्थानीय तहमा कम्तीमा एउटा प्रहरी इकाई स्थापना गर्ने नेपाल सरकारको लक्ष्य अनुरुप २०७५ सालयता चौकीदेखि प्रदेश प्रहरी कार्यालयसम्म गरी २ सय ५१ नयाँ इकाई थपिएका छन्।

चालु आर्थिक वर्षमा नेपाल प्रहरीको नियमित बजेटबाट ३९ नयाँ कार्यालय भवन, ९२ ब्यारेक, ४५ वटा भान्सा, २० वटा हिरासत कक्ष र ८ सय ८० वटा शौचालय गरी १ हजार १ सय ४ वटा संरचना निर्माण हुनेछन्।

यस्तै पूनःनिर्माण कोषबाट ४८, प्रादेशिक बजेटबाट ८ सय १० नयाँ पूर्वाधार निर्माणाधिन अवस्थामा रहेको र प्रादेशिक बजेटबाट ३० वटा नयाँ संरचना निर्माण सम्पन्न भइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

आव २०७४/०७५ मा समेत कार्यालय, ब्यारेक भवन, मेस, शौचालयलगायत अन्य भवन गरी ९४ वटा नेपाल प्रहरीको नियमित बजेटबाट र पूनःनिर्माण कोषको बजेटबाट ३ सय ४६ वटा नयाँ संरचना निर्माण भएका थिए।

नेपाल प्रहरीले भवन निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक इन्जिनियर लोकेश सिंहले अहिले ६९ जिल्लामा नयाँ निर्माण भइसकेको र सबै भवनहरु आधुनिक, अपाङ्गता भएका व्यक्ति एवं लैंगिकमैत्री तवरले बनाइएको बताए।

७२ जिल्ला प्रहरी कार्यालयमा हिरासत कक्ष, ब्यारेक र थनुवा कक्ष लगायतका संरचना तयार भएको डीआईजी सिंहले बताए।

नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले आवश्यकता अनुसार थप संरचना निर्माण र मर्मतसम्भार हुँदै जाने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .