ad ad

समाज


पोखरामा प्रहरीका २० जनासहित गण्डकीमा थपिए ३५ कोरोना संक्रमित

पोखरामा प्रहरीका २० जनासहित गण्डकीमा थपिए ३५ कोरोना संक्रमित

नेपालखबर
भदौ १७, २०७७ बुधबार ५:०,

नेपाल प्रहरीका २० जनासहित गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परीक्षणमा गण्डकी प्रदेशका ३५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

निर्देशक शर्माका अनुसार संक्रमितहरुमा कास्कीका २३, नवलपरासी (सुस्तापूर्व)का ७, लमजुङका ४ र तनहुँका १ जना रहेका छन्।

निर्देशक शर्माका अनुसार तनहुँ शुक्लागण्डकी–१ कि संक्रमित महिला पोखराको अमरसिंह चोकमा रहेको पार्कल्यान्ड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेकी छन् भने पोखरा महानगरपालिका–१७ का २० जना नेपाल प्रहरीमा कार्यरत छन्। त्यस्तै लमजुङ, सुन्दरबजारका–२ का ५० वर्षीय पुरुष ओमानबाट आएका हुन भने सुन्दरबजार–९ कि ४९ वर्षीया महिला स्थानीय किराना पसल सञ्चालक हुन्।

सबै संक्रमित व्यक्तिहरुलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २४५ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .